१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दै


208
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् ।

दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ८ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने पाँच अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसैगरि काठमाडौंले पनि आजको खेल जितेको अवस्थामा शीर्ष स्थानको ललितपुरसँग अंक बराबरी गर्नेछ ।

हिजोको खेलमा एफ.सी चितवनलाई ३–१ ले हराएको ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । ललितपुरको ५ खेलबाट ९ अंक छ ।