
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाउनुभएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको बताउनुभयो । उहाँले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवार लगायत पीडितहरुलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताउनुभयो । उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु सल्बलाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्