५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गरौं : कमल थापा


39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गर्नुभयो । उहाँले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताउनुभयो । उहाँले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताउनुभयो ।

सफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।