
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । उहाँले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गर्नुभयो । सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भुमिका खेल्ने पनि बताउनुभयो ।
सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताउनुभयो । उहाँले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मुल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताउनुभयो । उहाँले संसद सेवाका कर्मचारीहरुलाई जिम्मेवारपूर्वक काममा घट्न आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्