
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० कित्ताको नीति हटाउने तयारी सुरु गरेको छ ।
बार्डले आईपीओ जारी गर्ने कम्पनीले सर्वसाधारणलाई आवेदन गर्न दिने १० कित्ता शेयरको नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ ।
बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले आईपीओको १० कित्ताको नीति पुनरावलोकन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।
बोर्डका सञ्चालक समिति सदस्य प्रवीणकुमार झा नेतृत्वको समितिको सदस्यहरुमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी छन् ।
विद्यमान व्यवस्थाअनुसार आईपीओ जारी गर्ने कम्पनीमा सर्वसाधारणले न्यूनतम १० कित्ता खरीद गर्नका लागि आवेदन दिन पाउँछन् ।
प्रतिक्रिया दिनुहोस्