
कैलाली । बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स प्रहरीले धनगढीबाट चरेससहित नियन्त्रणमा लिएको छ ।
धनगढीको पुरानो यातायात कार्यालय नजिकबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
बझाङको केदारस्यु गाउँपालिका ३ दाप्रु बस्ने वर्ष ३७ का रामबहादुर खातीले चलाएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो ।
एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालय लगेर अनुसन्धान शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्