२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीको लगातार दोस्रो जित


104
Shares

बैतडी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै बैतडी शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई ६ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित दर्ता गर्याे ।

बैतडीले दिएको १३० रनको लक्ष्य पच्छ्याएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । उसका लागि रेवती धामीले २८ र कप्तान बिन्दु रावलले २४ रन बनाए ।

बैतडीका लागि करिष्मा थापा र बसन्ती बोहराले १/१ विकेट लिए । त्यसअघि कैलालीको तेघरी खेल मैदानमा पहिले ब्याटिङ गरेको बैतडीले १५ ओभरमा २ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरे ।

कञ्चनपुरका लागि अर्चना चन्दले १ विकेट हात पारिन् ।