
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ ।
सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले बैठकमा संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताउनुभयो ।
बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्