
फाइल तस्वीर ।
काठमाडौं । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशीका दिन देखाउने गरिएको पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणलाई देखाइँदैछ ।
ती बहुमूल्य सामग्री आज विहान साढे नौ बजेदेखि तीन घण्टा सर्वसाधारणका लागि प्रदर्शन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाला चतुर्दशीमा आएका भक्तजनहरुलाई देखाएर नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनेर देखाउने चलन रहेको बताइन्छ ।
पशुपतिनाथको पश्चिमढोकाको अगाडि ती बहुमूल्य सामग्री प्रदर्शन गरेपछि बालाचतुर्दशीका दिन शतबीज छर्दा भएका फोहोर सफा गर्ने कार्यक्रम पनि रहेको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्