१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


एमालेको संकल्प यात्रा : खुर्काेटमा जनसंवाद


520
Shares

सिन्धुली । नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी लोकमार्गअन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ संवृद्धिका लागि संकल्प यात्रा आज सिन्धुलीको खुर्काेटमा जनसंवाद गरी अघि बढेको छ ।

यस यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले पार्टीको संगठन बिस्तार गर्नुका साथै स्थानीय समस्याहरुको पहिचान गर्ने र मागपत्रहरु लिने जस्ता कार्यहरु पनि गरिरहेको छ ।

खर्काेटमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राले देशको संवृद्धि र विकासका लागि प्रत्यक्ष रुपमा सहयोग पुगिरहेको बताउनु भयो ।

जनसंवाद कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्दै भजन नाचमा पनि सहभागी गराइएको थियो ।