९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विश्वलाई शान्तिको आवश्यकता : प्रधानमन्त्री दाहाल


65
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।

मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाती रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।

प्रधानमन्त्री दाहालले रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको बताउनुभयो । उहाँले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न आफैंले निमन्त्रण दिएको पनि बताउनुभयो । राष्ट्र संघका महासचिवको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको बताउनुभयो । उहाँले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको र उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताउनुभयो ।