
फाइल तस्बिर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री शर्माले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभयो । सञ्चारमन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । उहाँले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।
सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्