३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छ : नेता रिजाल


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताउनुभयो ।

जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने नेता रिजालको जिकिर थियो । उहाँले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । बोल्ने शब्दहरु नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको बताउनुभयो ।

नेता रिजालले आफू २०६२/०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताउनुभयो ।