३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


‘एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्छ’


182
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।

रफत सञ्चार क्लबले मंगलबार यहाँ आयोजना गरेको सञ्चार(संवाद कार्यक्रममा नेता पाण्डेले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।

फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानीे काठमाडौंबासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौं उपत्यकामा द्रुत बस सेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।