१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


एमालेले देश र जनताको हितको पक्षमा संकल्प यात्रा तय गरेको हो : अध्यक्ष ओली


286
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले देश र जनताको हितका लागि विकासको अभियानलाई तिब्रता दिन एमालेले सो संकल्प यात्रा सुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मंगलबार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै उहाँले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन मिशन–२०८४ पूरा गर्ने अठोट लिएको पनि दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।