
सिन्धुली । सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) जाममा परेको छ ।
केही दिनयता सुरुङ खन्ने टिबिएम लाई पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको हो ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय योजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो झरेर सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध भएको हो ।
यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टिबिएम मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो खसेर टनेल निर्माण अवरुद्ध भएको थियो । जाममा परेको टिबिएम पुनः पहिरो हटाएर सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्