
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ ।
झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नुभएका ओलीले बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो ।
कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो । सो आयोजनाका ४ सय २० लाभान्वित घरधुरी रहेका छन् ।
बैतडीको झुलाघाटबाट गत मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुने छ ।
प्रतिक्रिया दिनुहोस्