२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस शेखर-गगन समूहको बैठक जारी


585
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासहितका संस्थापन इतर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

काठमाडौंको बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सुनिल शर्मा लगायत उपस्थित हुनुहुन्छ ।

नेता कोइरालाले आफूसँग परामर्श नगरी मंगलबारलाई भेला बोलाएको भन्दै महामन्त्री गगन थापाले आफू सहभागी नहुने जनाएपछि हिजोको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठकमा आगामी शुक्रबार बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६ देखि १९ गतेका लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रिय सभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गर्नुभएको छ । यस विषयमा शुक्रबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुने छ ।