
काठमाडौं । शेयर बजारमा बुधबार झिनो अंकले हरियो मात्रै बनेको छ ।
दिनभर उतार चढावकाबीच नेप्से २.६ अंकले बढ्दै १९ सय ८८ विन्दुमा पुगेको छ ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ९० करोडमा सिमित भएको हो ।
बुधबार बोटलर्स नेपाल लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा सोनापुर मिनरल एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भयो । होटल तथा पर्यटन, जीवन बिमा, निर्जिबन बिमा समूहमा १ प्रतिशत बढीले ओरालो लाग्दा व्यापार समूह सामान्य अंकले घटेको छ । अरु समूह सामान्य अंकले बढेको बजारमा १ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय वटा कम्पनीको मूल्य घटेको छ ।
बुधबार २ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्