
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा नेता डा. शेखर कोईराला-महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको बताउनुभयो ।
उपसभापति गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्