
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा नेता कोईरालाले सो कुरा बताउनुभएको हो । काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोईरालाको भनाई थियो ।
नेता कोईरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव समेत राख्नुभयो । उहाँले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्