२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बारामा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु


1.56k
Shares

बारा । बाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

नगरपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरुले सेवा सुविधा नपाएको भन्दै आज गरेको प्रदर्शनका क्रममा प्रहरीसंग झडप भएपछि प्रहरीले गोली चलाउँदा घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।

गोली लागी घाइते भएका मुखियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गर्नुभएको छ ।

सिमरौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनकारीहरुले उनीहरु चढेको गाडीमा ढुंगामुढा गरेपछि झडप भएको थियो ।

झडपमा मेयर साह र आन्दोलनकारी दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । सीडीओ मैनालीका अनुसार दश जना प्रहरी पनि घाइते भएका छन् । अहिले भने स्थिति नियन्त्रणमा रहेको पनि सीडीओ मैनालीले जानकारी दिनुभयो ।