
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताउनुभएको छ ।
बुधबार शेखर-गगन समूहको भेलालाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताउनुभयो ।
सांसद शर्माले शेखर-गगन समूहमा पनि केही समस्या आएको बताउनुभयो । उहाँले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।
सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्