२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पटक-पटक अवसर पाएकालाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन : नेता घिमिरे


351
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पटक-पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने बताउनुभएको छ ।

बुधबार शेखर-गगन समूहको बैकठमा सहभागी भइ बाहिरिने क्रममा बोल्दै नेता घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले पटक पटक अवसर पाइसकेकाहरुको मूल्यांक भइसकेको र उनीहरुबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बतउनुभयो ।

नेता घिमिरेले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने बताउनुभयो ।

नेता घिमिरेले बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताउनुभयो ।