२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

दुबईमा भइरहेको राष्ट्रसंघको जलवायु सम्मेलन कोप–२८ सम्पन्न


52
Shares

एजेन्सी । नयाँ जलवायु सम्झौतामा सहमती जुटाउँदै संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ‘कोप–२८’ सकिएको छ ।

विश्वका १९८ देश र दर्जनौं जलवायु संगठनका प्रतिनिधिहरुबिच दुई हप्ता लामो छलफल र वार्तापछि कोप– २८ शिखर सम्मेलनमा बुधबार सहमति जुटेको हो ।

सम्झौताले ‘फोसिल फ्युल’ अर्थात ‘जिवाश्म’ इन्धनको युग अन्त्यको सुरुवात भएको दाबी गरिएको छ । सम्मेलनका संस्थापकहरुले यो सहमतिलाई सन् २०१५ को पेरिस सम्झौतापछिको महत्वपूर्ण मानेका छन् ।

तर जलवायु अभियन्ता र कतिपय देशले भने सम्झौता अपूरो र झारा टार्ने भन्दै आलोचना गरेका छन् । कोप– २८ का अध्यक्ष सुल्तान अल जाबेरले सम्झौतालाई अनुमोदन गर्ने अन्तिम सत्रमा राष्ट्रिय प्रतिनिधिहरूसमक्ष आफ्नो भाषणमा सम्झौतालाई ऐतिहासिक भन्दै जिवाश्य इन्धनको युगको अन्त्य सुरुवात भएको बताउनुभयो ।

असन्तुष्ट देशहरुले भने जलवायु संकटको बढ्दो आवश्यकतालाई प्रतिबिम्बित गर्न यो सम्झौता पर्याप्त नभएको बताएका छन् । सम्झौताले देशहरूलाई कार्बन प्रदूषण कम गर्ने विश्वव्यापी प्रयासहरूमा योगदान गर्न आह्वान गरेपनि बाध्य बनाउन सकेको छैन ।