
काठमाडौं । फ्रेन्च फुटबल क्लब पि.एस.जी र पोर्चुगलको एफ.सी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।
बुधबार राति भएको समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डसँग एक एक गोलको बराबरी खेल्दै पिएसजी समुह उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा प्रवेश ग¥यो ।
यो समुहबाट डर्टमण्ड यसअघि नैं नकआउट चरणमा पुगिसकेको थियो । समुहको अर्को खेलमा एसि मिलानसँग हारेको न्युकासल युनाइटेड भने समुह चरणबाटै बाहिरिएको छ ।
च्याम्पियन्स लिगकै अर्को खेलमा युक्रेनको शख्तर डोनेट्स्कलाई ५–३ ले हराउँदै पोर्चुगलको एफ.सी पोर्टो पनि नकआउट चरणमा पुग्यो । समुहको अर्को खेलमा स्पेनको बार्सिलोनालाई बेल्जीयमको रोयल एन्टरेपले ३–२ ले हरायो । यो समुहमा ६ खेलबाट समान १२÷१२ अंक जोडेका बार्सिलोना र पोर्टो अर्को चरणमा उक्लिएका हुन् ।
गएरातिका अन्य खेलहरुमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–२ ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले स्विटजरल्याण्ड्को योङ ब्वाइजलाई २–१ ले तथा स्पेनको एट्लेटिको मड्रिडले इटालीको लाजियोलाई २–० ले पराजित गरे ।
प्रतिक्रिया दिनुहोस्