
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
निवेदनको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ । मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले खाँणको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।
१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उच्च अदालत नियमावली तथा ऐन अनुसार अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश आएपछि खाँणको पक्षमा टुंगो लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्