
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले हस्तकला क्षेत्रको सरकारबाट नै प्रमुख प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न गर्न र उत्पादित वस्तुहरुको देश भित्र बजार बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले हस्तकला व्यवसाय कृषिपछि देशमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र भएको बताउनुभयो । उहाँले युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्