२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे


39
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । उहाँले संसदको गरिमा कायम राख्दै संसदको भुमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले संसदको सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरुलाई आफूले गम्भिरताका साथ लिएको बताउनुभयो । उहाँले संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताउनुभयो ।