६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


१४ किलो सुन प्रकरण : तीन जना विमानस्थलका सरसफाई कर्मचारी पक्राउ


7.553k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत शुक्रबार १४ किलो सुन तस्करी भएको घटनामा विमानस्थलका तीन सफाई कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाहिरी कम्पनीले खटाएका सरसफाई कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङ रहेका छन् ।

१४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र मीनबहादुर घलेको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

छानबिन समितिका प्रमुख मणिराम पौडेलका अनुसार दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिएकोमा सुपरभाइजर पाण्डेलाई हिजो राति भक्तपुरबाट नियन्त्रणमा लिइएको हो । फ्लाई दुबईबाट नेपाल आएका चन्द्र घलेले ज्याकेट र जुत्तामा लुकाइ ल्याएको सुुन त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो ।