१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य अंकको सुधार


91
Shares

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले सकारात्मक रहेर थामियो ।

मौद्रिक नीति समीक्षासंगै उछाल आउन थालेको बजार बुधबार र बिहीबार उस्तै सामान्य अंकले सकारात्मक रहेका हुन् ।

बिहीबार उताचढावबीच बजार परिसूचक नेप्से ६ अंकले उकालो लागेर १९ सय ९४ कायम भएर थामियो । बढीजसो समूह सकारात्मक रहँदा ३ अर्ब माथिको कारोबार भयो । बिहीबार वाणिज्य बैंक, व्यापार, लघुवित्त, जीवन बीमा र लगानी समूह गरी ५ वटा समूहबाहेक बाँकी ८ वटा समूह सकारात्मक रहे ।

अन्य समूह डेढ अंकले सकारात्मक रहँदा विकास बैंक र जलविद्युत समूह पनि १ प्रतिशत बढीले उकालो लागे । बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय कम्पनीको ९६ लाख कित्ता शेयर ३ अर्ब १५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बिहीबार पनि बोटलर्स नेपालका लगानीकर्ताले १० प्रतिशत कमाउने क्रम जारी रह्यो । हिमालयन लघुवित्त, नेपाल हाइड्रो र नेपाल रिपब्लिक मिडियाको शेयर पनि १० प्रतिशत बढ्दा अरु आधा दर्जन बढी कश्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।