२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


संघीय संसदले पारदर्शी तरिकाले काम गर्नुपर्छ : उपाध्यक्ष अर्याल


65
Shares

काठमाडौं । राष्ट्रिय सभाकि उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसदको काम पारदर्शी बनाउनुपर्ने बताउनुएको छ ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले संघीय संसदको सबै कामहरुलाई पारदर्शी ढंगले गर्नुपर्ने बताउनुभएको हो । उहाँले संसदलाई पारदर्शी रुपमा सुचारु गर्नसके सरकारका कामहरुलाई पनि संसदले सुधार गर्न सक्ने वातावरण बन्ने बताउनुभयो ।

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाको सम्बन्ध प्रदेश र स्थानीय तहसँग पनि भएको उल्लेख गर्दै राष्ट्रिय सभाले संघीय, प्रदेश र स्थानीय तहको सरकारलाई जोड्न भुमिका खेल्नुपर्ने पनि बताउनुभयो ।

उपाध्यक्ष अर्यालले संसद सेवामा काम गर्ने कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उनीहरुको कदर गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।