२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधानले उपलब्ध गराएका अधिकारहरु जनताले महशुस गर्न पाउनुपर्छ : उपसभामुख राना


52
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले संविधानले दिएको अधिकारहरु जनताले महशुस गर्न पाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरु जनताले महशुस गर्न पाउनुपर्ने बताउनुभएको हो । उहाँले कसैले पनि संविधानको बिरोधमा बोल्ने आँट गर्न नसक्नेगरी अधिकारहरु जनताले पाउनुपर्ने बताउनु भयो ।

उपसभामुख रानाले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरु हरेक क्षेत्रमा लागु हुनुपर्ने बताउनुभयो । उहाँले जातिय र वर्गिय आधारमा पनि समावेशिता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपसभामुख रानाले संघीय संसदका कर्मचारीहरुलाई हरेक महिना नयाँ-नयाँ अवसरहरु दिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने र विभिन्न देशमा अनुभव आदान-प्रदानका कार्यक्रमहरुमा समावेश गराएर वृत्ति विकास गराउनुपर्ने बताउनुभयो ।