
काठमाडौं । सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको हो ।
त्यस्तै, सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेश प्रदेशका सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।
अदालत स्रोतका अनुसार प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकाले जन्मकैद सजाय भएको जनाइएको छ ।
तत्कालीन मधेश दलका नेता एवं हाल प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जना उपर जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्