२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जसपाको पाँचथर जिल्ला समिति पुनर्गठन


169
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पाँचथर जिल्ला समिति पुनर्गठन भएको छ ।

फिदिममा बिहीबार आयोजित कार्यक्रमबाट लक्ष्मण लावतीको अध्यक्षतामा ५३ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा भरत राई, कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे सहसचिवमा भावना ईङवा सुब्बा, कमल हाङ्सरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका सल्लाहकार सदस्य डा. महेन्द्र लावती थिए भने कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र जबेगू, मचिन्द्र बेघा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीलगायतका उपस्थित रहेका थिए ।