
काठमाडौं । डिशहोमले आईसीसीटी–२० विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरुलाई प्रदान गरेको छ ।
कम्पनीले बिहीबार आफ्नै ललितपुरस्थित मुख्य कार्यालयमा एक कार्यक्रम गरी खेलाडीहरुलाई घोषित रकम हस्तान्तरण गरको हो ।
कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्यप्रशिक्षक मोन्टीदेसाई, कप्तान–रोहितकुमार पौडेललगायत खेलाडी पनि उपस्थित भएका थिए ।
२९ अक्टोवर २०२३ देखी सुरुभएको छनोट खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । डिशहोमले प्रतियोगितामा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिइनेलगायतका प्रोत्साहनमूलक योजना घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्