
काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बिहीबार भएको खेलमा धनगढी फुटबल क्लब विजयी भएको छ ।
दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा धनगढीले चितवनलाई १–० ले पराजित गरेको हो ।
खेलको दोस्रो मिनेटमै ओलावाले आफिजले गरेको गोल नै निर्णायक बन्यो । खेललाई बराबरी गर्न पटक पटक पाएको अवसर चितवनले सदुपयोग गर्न सकेन ।
यो जितसंगै धनगढीले ११ अंक जोड्दै शीर्ष स्थान बनाएको छ । चितवन भने ५ अंक जोड्दै सातौं स्थानमा छ । आजको हारसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना झिनो बनेको छ ।
शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुने छ ।
प्रतिक्रिया दिनुहोस्