१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी झापासँग खेल्दै


130
Shares

काठमाडों । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुरले झापा एफ.सीको सामना गर्नेछ । यो खेल जितेको खण्डमा ललितपुर तालिकाको दोस्रो स्थानमा उक्लिनेछ ।

बिहीबार भएको एनएसएल फुटबलमा चितवनलाई हराउँदै धनगढी एफ.सी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भएको खेलमा चितवनलाई १–० ले हराउन धनगढीका ओलावाले आफिजले निर्णायक गोल गरेका थिए ।

जितसँगै लिगमा अपराजित रहेको धनगढीले ५ खेलबाट ११ अंक जोडेको छ । यसअघिका खेलमा धनगढीले दुईमा जित र दुईमा बराबरी गरेको थियो ।

पराजित भएको चितवन ६ खेलबाट ५ अंकसहित आठौँ स्थानमा झरेको छ । लिगमा दोस्रो स्थानमा रहेको ललितपुरको ९ अंक छ भने काठमाडौँ ८ अंकसहित तेस्रो स्थानमा छ ।