
काठमाडौं । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा ड्युटीमा रहेका प्रहरी जवान २९ वर्षीय विशाल वलीको मृत्यु भएको हो ।
जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको जनाइएको छ ।
बिहीबार राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो ।
जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्