२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरौटी बापतको बैंक ग्यारेन्टी बुझाउन खाँण काठमाडौं जिल्ला अदालतमा


416
Shares

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्वगृहमन्त्री खाँणलाई बिहीवार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नको लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

खाँणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । सम्पति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाँणलाई छोडिने छ ।