
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो । पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उहाँको दाबी छ ।
प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्