२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


५० शैयाको पाँचथर जिल्ला अस्पताल


0
Shares

पाँचथर । पाँचथर जिल्ला अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ५० शैयाको अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पाँचथरमै नर्सिङ कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने आश्वासन दिनुभयो । सरकारले सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको बनाउने नीतिगत निर्णय गरेको भन्दै उहाँले ती अस्पतालहरु अन्तर्गत नर्सिङ कक्षा पनि संचालन गर्नुपर्ने बताउनुभयो ।

२१ करोड ३४ लाख रुपैयाँको लागतमा ५० शैयाको अस्पताल बनेको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो ।