
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ ।
संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका फर्स्यौट हुन नसकेका मुद्दाहरुको छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको हो । उहाँले इजलाशमा पेस भएका मुद्दाहरुको सोही दिन फर्स्यौट गर्ने पनि आफ्नो प्रयास रहने बताउनुभयो ।
प्रस्तावित न्यायाधीश मुसलमानले अनावश्यक आदेशलाई निरुत्साहन गर्ने पनि बताउनुभयो । उहाँले साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरुको लागि छुट्टै इजलाश गठनको लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताउनुभयो ।
प्रस्तावित न्यायाधीश मुसलमानले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्