
एजेन्सी । लिबियाको समुद्री तटमा डुंगा डुब्दा ६० आप्राबासी बेपत्ता भएका छन् । अन्तराष्ट्रिय आप्रवासन संगठन आइओएमका अनुसार ८६ यात्रु रहेको उक्त डुंगा लिबियाको को जुवारा शहरबाट युरोप प्रवेश गर्न खोज्दा दुर्घटना भएको हो ।
दुर्घटनापछि बेपत्ता भएका ६० जनामा अधिकांश बालबालिका रहेका छन् । घटनामा २५ जना भने बाँच्न सफल भएका छन् । उनीहरुलाई लिबियाको हिरासत केन्द्रमा आश्रय दिइ राखिएको छ ।
आइओएमका अनुसार यो वर्ष मात्रै डुंगा दुर्घटनामा २२ सय आप्रावासीको मृत्यु भइसकेको छ । जसमा अधिकांश नाइजेरिया, गाम्बियालगायत अफ्रिकी मुलुकका आप्राबासी रहेका छन् ।
संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार यो वर्ष ट्युनिसिया र लिबियाबाट मात्रै १ लाख ५३ हजारभन्दा बढी अप्रावासी इटली पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्