१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै


533
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै छन् । यो खेललाई अघिल्लो वर्षको फाइनलको रिप्ले मानिएको छ ।

अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो । यसपटक भने तालिकामा काठमाडौं भन्दा धनगढी अगाडि छ । ५ खेलबाट ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ ।

एनएसएल फुटबलमा शनिबार वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै पोखरा थन्डर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हिजै भएको अर्को खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।