२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


आज राष्ट्रिय झण्डा दिवस


286
Shares

काठमाडौं । आज पुष १ गते राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइँदैछ ।

नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघले २०१९ साल पुस १ गतेका दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइने गरेको हो ।

काठमाडौंमा आज नेपालको राष्ट्रिय झण्डा बोकेर ¥याली गरिंदैछ । नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाउने गरिएको हो ।

राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले पनि झण्डाको सम्मान गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिंदै आएका छन् ।