१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अझै बनेन तमोर नदीमा पक्की पुल


286
Shares

काठमाडौं । तमोर नदीमा १२ वर्षअघि निर्माण कार्य शुरु गरिएको पक्की पुल अझै सम्पन्न भएको छैन । तेह्रथुम र पाँचथर जिल्ला जोड्न लुबुघाटस्थित तमोर नदीमा २०६८ सालमा पुल निर्माण कार्य शुरु गरिएको थियो ।

२०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीले १३ करोड रुपैयाँमा पुल निर्माण गरि २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो । पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको र अब २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गरिने सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै म्याङलुङका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।