१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीका उखु किसानले सडकमा सुतेर गरे विरोध


247
Shares

सर्लाही । उखुको मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसानले सोमबार महेन्द्र राजमार्गमा सुतेर विरोध जनाएका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगूवाहरु हरिवन बजार स्थित महेन्द्र राजमार्गमा सुतेर विरोध जनाएका हुन् ।

विरोध कार्यक्रममा मधेश प्रदेशसभा सदस्यहरुसहित विभिन्न राजनितिक दलका नेता तथा किसान अगुवाहरुको सहभागिता रहेको थियो । दिउँसो २ बजेदेखि आधाघण्टा राजमार्गमा लम्पसार परेर विरोध प्रदर्शनको कार्यक्रम राखिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिती लगायत उखु किसान सम्बद्द संघ–संगठनको संयुक्त आयोजनामा एक सातादेखि हरिवनमा विरोध प्रदर्शन भईरहेको छ ।

यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले आमरण अनसन सूरु गरेका छन् । इस्तिहारले सोमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेका हुन् ।