१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : उपाध्यक्ष थापा


351
Shares

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेको बताउनुभएको छ ।

सोमबार पाँचथरमा कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेका बताउनुभएको हो । उहाँले आफूहरुको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताउनुभयो ।

उपाध्यक्ष थापाले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सक्छ भन्ने देखाएको बताउनुभयो । उहाँले देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै, समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उहाँको भनाई छ । उहाँले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भुमिका खेलेको बताउनुभयो । नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उहाँको भनाई छ । उहाँले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भुमिका खेलेको बताउनुभयो ।

उपाध्यक्ष थापाले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रुपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताउनुभयो ।