
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ को कमेरेडाँडामा रहेको झाँक्रीढुंगामा भगवान् शिव, गणेश, नारायण र बसाहाको मूर्ति निर्माण थालिएको छ ।
स्थानीयले झाँक्री बस्ने विश्वास गर्दै आएको विशाल ढुंगालाई कुँदेर ४५ फिट अग्लो शिवमूर्ति र ५ फिट अग्ला अरु मूर्ति बनाउन थालिएको हो ।
स्थानीय उत्तमकुमार श्रेष्ठको अगुवाइमा भइरहेको उक्त काममा श्रेष्ठले २५ लाख जुटाउने र ३५ लाख रकम ओखलढुंगा सदरमुकामका स्थानीय तथा व्यावसायीहरुबाट जुटाईने छ । मूर्ति निर्माणका लागि प्रारम्भिक चरणको खट बाँध्ने काम समेत सुरु भइसकेको छ ।
ओखलढुंगा सदरमुकाम क्षेत्रको पर्यटन प्रबर्द्धन र दीगो विकासका लागि स्थानीय आफैं जुटेर मूर्ति निर्माण थालेको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो ।
मूर्ति निर्माणको काम १ वर्षभित्र सक्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्